काठमाडौं । राजनीतिक दल र उम्मेदवारले आजदेखि जुलुस, आमसभा र कोणसभा गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको हो ।
आयोगको पूर्वनिर्धारित कार्यक्रमअनुसार आजदेखि मङ्सिर २ गतेसम्म जुलुस, आमसभा र कोणसभा गर्न पाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेको आयोगले जनाएको छ ।