Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवा र ओलीले निर्वाचन प्रचारमा हेलिकोप्टर प्रयोग गर्ने, आयोगबाट लिए अनुमति

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारको लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लाई हेलिकोप्टर प्रयोगको अनुमति दिएको छ ।

यसै क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्ने अनुमति लिएका छन् ।

प्रधानमन्त्री देउवाले प्रचारमा जाँदा हेलिकोप्टर प्रयोग गर्न थालिसकेका छन् । उनी सरकारी हेलिकोप्टर प्रयोग गर्न नपाउने भएपछि निजी हेलिकप्टरमार्फत धनगढी पुगेका हुन् । सरकारी स्रोतसाधन दुरुपयोग नगर्ने गरी देउवाले यसअघि नै हेलिकोप्टर प्रयोग अनुमति लिइसकेका हुन् ।

यता एमाले अध्यक्ष ओलीले पनि निर्वाचन आयोगसँग हेलिकोप्टर प्रयोगको अनुमति लिइसकेका छन् । निर्वाचन आयोगका अनुसार एमालेले हिजो आयोग पुगेर अनुमति लिएको हो ।

निर्वाचन आचारसंहितामा पार्टीका मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077