Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रमुख दलका शीर्ष नेताहरु चुनावी प्रचारप्रसारका लागि देश दौडाहामा

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभासहितका कार्यक्रमका लागि निर्वाचन क्षेत्र र देश दौडाहामा निस्केका छन् । निर्वाचन आयोगले आजदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेपछि शीर्ष नेताहरु प्रचारप्रसारमा हिँड्न थालेका हुन् ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही दिन गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र डडेल्धुरामा केन्द्रित हुनेछन्।

देउवाले आज गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न भोलि शुक्रवार उपत्यकाबाहिर जाँदै छन् । ओलीले भोलि सुदूरपश्चिमका दार्चुला, बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चा सहितको सत्ता गठबन्धनले संयुक्त चुनावी सभाको समेत तयारी गरेको छ ।

यस्तै, माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला केही दिनदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित रहेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव अहिले निर्वाचन क्षेत्र सप्तरी २ मा मतदाता भेटघाट र घरदैलो कार्यक्रममै व्यस्त छन् । त्यस्तै, लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचन क्षेत्र महोत्तरी ३ को पूर्वनिर्धारित कार्यक्रममै व्यस्त रहेका छन् । निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077