Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आचारसंहिता उल्लंघन गरेको भन्दै वडाध्यक्ष मुकुन्दलाई पाँच हजार जरिवाना

काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघनको भन्दै काठमाडौं महानगरपालिका १६ नम्बर वडा अध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आयोगले ५ हजार रुपैयाँ जरिवाना गर्ने भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ७ (२) का उम्मेदवार सबिन तामाङको प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले रिजाललाई ५ हजार जरिवाना गर्ने निर्णय गरेको हो ।

आयोगले रिजाललाई निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै कात्तिक २ मा २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाएको थियो ।

वडाध्यक्ष रिजाल कांग्रेसको प्रचारप्रसारमा संलग्न भएको सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको उजुरीको आधारमा स्पष्टीकरण सोधेको थियो । आचारसंहिता उल्लंघनको गर्नेलाई जरिवाना गरेको पछिल्लो समय यो नै पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077