Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धनगढी उपमहानगरले चलायो सरकारी संरचनामाथि डोजर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले सडक विस्तार गर्न सरकारी संरचनामाथि डोजर चलाउन सुरु गरेको छ ।

कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मेनरोडको बीच भागबाट दायाँबायाँ १५–१५ मिटर सडक विस्तार सुरु गर्ने क्रममा सरकारी संरचनामाथि उपमहानगरपालिकाले डोजर चलाएको हो ।

सडक विस्तार गर्न उपमहानगरका मेयर गोपाल हमाल आफैं फिल्डमा खटिएका छन् ।

अहिले सडक विस्तारको क्रममा १५ मिटर भित्र पर्ने सेती प्रादेशिक अस्पतालको संरचनामा उपमहानगरले डोजर चलाएको छ ।

कैलाली पुलदेखि क्याम्पसचोकसम्मको दुरी करिब २ किलेमिटर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077