Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बाजा बजाउनेको खोजी गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको बताएको छ ।

२३ असोजमा उम्मेदवारी दर्ताको लागि गोरखा निर्वाचन क्षेत्र नं २ को कार्यलय जाँदा बाजाको प्रयोग भएको भन्दै निर्वाचन आयोगले दाहाललाई स्पष्टीकरण सोधेको थियो ।

यसबारे स्पष्टीकरणमा प्रचण्डले कसले बजायो भन्ने थाहै नभएको जवाफ दिएका थिए ।

तर आयोगले यो स्पष्टीकरण चित्तबुझ्दो नभएको ठहर गर्दै त्यसमा कोको व्यक्ति थिए ? प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077