काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक २.२६ अंकले बढेको छ । यससँगै सूचक १९३३.२४ विन्दुमा आइपुगेको छ ।
१६ कम्पनीको ३ लाख ५६ हजार रुपैयाँको सेयर कारोबार भएको छ । कुल १४ सय ६४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । १३ कम्पनीको मूल्य बढेको छ भने २ वटाको घटेको छ ।
बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
Leave a Reply