Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पक्राउ परे दुर्घटनापछि फरार चालक, त्रिपालले छोपेको अवस्थामा कार फेला

रूपन्देही । रूपन्देहीको ओमसतिया गाउँपालिका–४ पननीमा तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाको कार चालक पक्राउ परेका छन्।

दुर्घटनापश्चात कारसहित फरार रोहिणी गाउँपालिका–३ का अजयकुमार चौधरीलाई रूपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार चौधरीलाई भैरहवाको गल्लामण्डीबाट पक्राउ गरिएको हो। सोमबार भएको दुर्घटनापछि कार चालक चौधरी फरार थिए। प्रहरीले दिनभरि कारको खोजी गर्दा नभेटेपछि २५ हजार रूपैयाँ पुरस्कारसहित सर्वसाधारणलाई सूचना दिन अपिल गरेको थियो।

सोमबार साँझ नै प्रहरीले बा ८ च ६५३२ नम्बरको कार सिद्धार्थनगर नगरपालिका–११ पिप्रहियामा त्रिपालले छोपेको अवस्थामा फेला पारेको रेग्मीले जानकारी दिए।

फिक्का निलो रङको कारको टुक्रा घटनास्थलमा भेटिएको थियो। सोही प्रमाणका आधारमा प्रहरीले अनुसन्धान सुरू गरेको थियो।

सोमबार भैरहवा परासी हुलाकी सडक खण्डमा भैरहवाबाट परासीतर्फ जाँदै गरेको सो कारले पाँच पैदलयात्रीलाई ठक्कर दिएको थियो। त्यसमध्ये ३५ दिने शिशुसहित दुई जनाको ज्यान गएको थियो। मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीया सीमा कुर्मी र ३५ दिनको शिशु थिए। रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077