Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावलको प्रश्न - कमल, राजेन्द्र, उपेन्द्र, एकनाथसंग एमालेको साँठगाँठ कुन नीतिअनुसार हो ?

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमालेले मंगलबार जारी गरेको घोषणा पत्रमाथि प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा एमालेले गरेका गठबन्धन कुन नीति, सिद्धान्त तथा गन्तव्यले पुष्टि गर्छन् भन्दै प्रश्न गरेका हुन् । उनले एमालेले आज जारी गरेको घोषणा पत्रमा लेखेको विषयमाथि प्रश्न उठाए । ‘एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन्,' उनले ट्विटरमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077