Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावल भन्छन् - निर्वाचन उम्मेदवारका सुकर्म र कुकर्मको लेखाजोखा गर्ने अवसर हो

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले निर्वाचन भनेकै राजनीतिक दल र उम्मेदवारका सुकर्म र कुकर्मको गहन र व्यापक लेखाजोखा गरी असल वा सुपात्रलाई छान्ने अवसर भएको बताएका छन् । सोमवार साँझ सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले यस्तो बताएका हुन् । उनले दल र उम्मेदवारहरूले जनताको परीक्षणमा खरो उत्रिनु पर्ने बताए । ‘निर्वाचन भनेकै राजनीतिक दल र उम्मेदवारका सुकर्म र कुकर्म एवं असल र खराब पक्ष वा कामको गहन र व्यापक लेखाजोखा गरी असल वा सुपात्रलाई छान्ने अवसर वा प्रक्रिया हो । दल र उम्मेदवारहरूले जनताको परीक्षणमा खरो उत्रिनुपर्छ । यो उद्देश्य जनताको मुख थुनेर हासिल हुँदैन । यद्यपि गालीगलौज अमान्य छ,' उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077