Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेश प्रदेशमा आज पनि सार्वजनिक बिदा

काठमाडौं । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको छ ।

सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएको थियो ।

तर प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमवार सार्वजनिक बिदा रहेको जानकारी दिए ।

'छठ पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको सुख, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना छ,' शुभकामना सन्देशमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077