Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्री देउवाद्वारा बागमती किनारबाट अस्ताउँदो सूर्यको पूजा आराधना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ थापाथलीस्थित बाग्मती किनारमा निर्माण गरिएको छठपूजा स्थलमा पुगी छठी माताको पूजा गरेका छन् ।

प्रधानमन्त्री देउवाले सो स्थानमा राखिएको छठी माताको प्रतिमामा माल्यार्पण गर्नुका साथै नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

आज छठको मुख्य दिन देशभर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइँदै छ ।

सर्वसाधारणहरूले छठ पूजा स्थल गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077