Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसका नेता स्वर्णिम वाग्लेले भने - घोषणा पत्रमा मनगढन्ते कुराहरू छैनन्, यथार्थपरक छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता स्वर्णिम वाग्लेले सार्वजनिक भएको घोषणा पत्र यथार्थपरक भएको बताएका छन्।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि सार्वजनिक भएको घोषणा पत्रबारे सम्बोधन गर्दै वाग्लेले यथार्थपरक भएको बताएका हुन्।

उनले भने,‘हामीले यसपालि असाध्यै यथार्थपरक, वास्तविकताप्रति बलियो चेत भएको घोषणा पत्र यहाँहरू समक्ष लिएर आएका छौं।’

उक्त घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई निस्शुल्क उपचारको व्यवस्था गर्ने उल्लेख गरेको छ।

नेता वाग्लेले दिगो विकासका लक्ष्यसँगको तादम्यता मिल्ने गरेर संकल्प पत्रमा विकासका लक्ष्यहरू राखिएको बताए । उनले युवा बेरोजगारीको नैराश्यता चिर्नका लागि आर्थिक वृद्धिका नयाँ स्रोतहरूको विषयलाई प्राथमिकता दिएको पनि उल्लेख गरे ।

नेता वाग्लेले घोषणापत्रमा डिजिटलाइजेसन, स्वदेशी उत्पादन, नीतिगत सुधारका विषय र वार्षिक करिब अढाइ लाख नयाँ रोजगारी सिर्जना गर्नसक्ने विश्वसनीयताका आधारहरू समावेश गरेको उल्लेख गरे । वाग्लेले पार्टीको घोषणापत्रमा तात्कालिक आर्थिक एजेण्डाका रूपमा ५ वटा विषयहरू समावेश गरेको बताए ।

नेता वाग्लेले सार्वजनिक आय र खर्च, औद्योगिक पूर्वाधार र नेपाली उत्पादन प्रवर्द्धन र युवाहरूका लागि डिजिटलाइजेसनको विषय तत्काल आर्थिक एजेण्डाका रूपमा पार्टीको घोषणापत्रमा उल्लेख गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077