Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतले सडक खन्न गरेको विष्फोटले नेपाली बालकको मृत्यु

दार्चुला । भारतको पिथौरागढबाट उछिट्टिर आएको ढुंगाले लागेर दार्चुलाका एक जना बालकको मृत्यु भएको छ।

सडकमा बनाउन चट्टान फुटाउन बिस्फोट गर्दा उछिटिएर आएको ढुंगाले लागेर शुक्रबार बिहान दार्चुलाका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो।

महाकाली पारि पिथौरागढ जिल्लामा धार्चुला तहसिलमा गर्ग एन्ड गर्ग कम्पनीले सडक कटानको काम गरिरहेको छ ।

व्याँस गाउँपालिका-२ तम्पाकुका महरा आमाबुवासँग खर्कबाट घर फर्किँदै थिए।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हिँडिरहेका बेला बिहान अन्दाजी साढे १० बजे ढुंगा उछिट्टिएर महाकाली वारि आएर उनलाई लागेको थियो।

पारिबाट आएका‍ ढुंगा लागेर केही स्थानीय पनि घाइते भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077