Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम फेरि स्थगित

    कांग्रेसको घोषणा पत्र सार्वजनिक कार्यक्रम फेरि स्थगित

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 756
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तयार पारेको घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित गरेको छ ।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बिहान विज्ञप्ति निकालेर अनिश्चितकालका लागि घोषणा पत्र सार्वजनिक कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।



    आइतबार अपरान्ह ५ बजे घोषणा पत्र सार्वजनिक गर्ने कांग्रेसको तयारी भए पनि स्थगित गरिएको थियो । सोमबार बिहान १०:३० बजे घोषणा पत्र सार्वजनिक गर्ने भने पनि आज पनि घोषणा पत्र सार्वजनिक नहुने भएको छ ।



    ‘नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ’, पौडेलले भनेका छन् ।

    सभापति देउवाको कार्यव्यवस्थाका साथै केही प्राविधिक विषय मिलाउनुपर्ने देखिएकाले अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार