Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रातको समयमा सार्वजनिक स्थलमा फोहोर फाल्नेबाट चार लाख रुपैयाँ जरिवाना असुल

काठमाडौं । अनधिकृत फोहोर फाल्नेहरूलाई गरिएको कारबाहीका क्रममा काठमाडौं महानगरपालिकाले चार लाख ५०० रुपैयाँ जरिबाना रकम संकलन गरेको छ ।

रातको समयमा सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति तथा व्यवसायी तथा संस्थाका प्रतिनिधिहरूलाई पक्राउ गरी जरिबाना गरिएको हो ।

वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा एक लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए ।

फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा एक हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसाँ जरिबाना रकम तोक्ने गरिएको छ ।

भट्ट भन्छन्, 'जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन् । कतिपयले आफ्नो फोहोर फाल्न अरूलाई प्रयोग गरेका छन् । कतिपय विद्यार्थीहरूले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनुपरेको बताउने गरेका छन् ।'

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077