Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारको असफलताले मुलुक गहिरो आर्थिक संकटमा फस्यो : उपाध्यक्ष पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले मुलुकले इतिहासकै ठूलो आर्थिक समस्याको सामना गर्नुपर्ने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिवार बिहान बुटवलमा उद्योगी-व्यवसायीको भेलालाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन् ।

भूकम्प, भारतीय नाकाबन्दी तथा कोरोना भाइरसको महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट वर्तमान सरकारको कारण मुलुकले भोग्न बाध्य भएको पौडेलले बताए ।

पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुकमा आर्थिक संकट गहिरिएको दाबी गरे ।

विगतमा नेकपाको केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको शुरूआत गर्नु नै आर्थिक संकटको पहिलो कारण भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077