Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले १० करोडमा कमल थापालाई सूर्य चिन्ह बेचेको विरोध खतिवडाको आरोप

हेटौंडा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको आरोप लागेको छ ।

नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले एमाले अध्यक्ष ओलीमाथि यस्तो आरोप लगाएका हुन् ।

शुक्रबार लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर–२ मा उम्मेदवार रहेका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा आयोजित चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले १० करोडमा सूर्य चिन्ह बेचेको दावी गरे ।

पूर्वमन्त्रीसमेत रहेको खतिवडाले ओलीले राजावादी र विखण्डनकारीसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताउँदै ओलीले १० करोड लिएर यसपटक सूर्य चिन्ह पनि कमल थापालाई बचेको दावी गरे ।

अब बन्ने गठबन्धन सरकारले गाँजा विधेयक पारित गर्नुका साथै गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई जेलमुक्त गर्न विधेयक ल्याइनेसमेत उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077