Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनको सीमा नजिक भारतीय सेनाको हेलिकप्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु

एजेन्सी । भारतीय सेनाको एक हेलिकप्टर चीन सीमा नजिक अरुणाचल प्रदेशको मिगिङ गाउँनेर शुक्रवार दुर्घटनाग्रस्त भएको छ ।

स्थानीय समयअनुसार बिहान १०ः४० मा एड्भान्स्ड लाइट हेलिकप्टर दुर्घटनामा परेको हो ।

सेनाको टुटिङ हेडक्वार्टरबाट घटनास्थल २५ किलोमिटर टाढा छ । घटनास्थलबाट दुईवटा शव निकालिएको छ ।

तेस्रो शवको खोजी हुँदैछ । सेनाले खोजी तथा उद्धारका लागि तीनवटा हेलिकप्टर पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077