अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आफ्नै भाइको हत्या गरेको आरोपमा दाजु पक्राउ परेका छन् ।
प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए ।
घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा लेनदेको विषयमा दुई भाइको सामान्य विवाद भइ धकेलाधकेल हुँदा भिरबाट लडेर भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
बुधबार भुमिकास्थान नगरपालिका १ खलाधारा भिरबाट लडेको अवस्थामा साम्नेगाँउ निवासी ७० वर्षका वीरबहादुर गमालको शव भेटिएको थियो ।
हिमबहादुरलाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply