Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बझाङमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

बझाङ । बझाङको मस्टा गाउँपालिकाको चिउरी नजिकै जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका गइरहेको जीप दुर्घटना भएको हो ।

जिप टुक्राटुक्रा भएको र नम्बर प्लेट पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अहिले प्रहरी र स्थानीयहरुले घाइतेहरुको उद्दार गरिरहेका छन्। यस्तै प्रहरी दुर्घटनास्थलमा पुगेकाले थप विवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077