Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

वडाध्यक्ष मुकुन्द रिजाललाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालसँग निर्वाचन आयोगले
स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले २४ घन्टे स्पष्टीकरण सोधेको हो ।

वडाध्यक्ष रिजालले काठमाडौं निर्वाचन क्षेत्र नं.७ मा कांग्रेसका उम्मेदवारको प्रचारप्रसारमा संलग्न भएको देखिने सामग्री सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्ने उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

आयोगले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन ०७९ को आचारसंहिता स्मरण गराउँदै स्पष्टीकरणमा भनेको छ, ‘स्थानीय कार्यपालिकाको सदस्य तथा काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ को वडाध्यक्षले काठमाडौं महानगरपालिकाभित्र नेपाली कांग्रेस वा

अन्य कुनै राजनीतिक दलको वा दलका उम्मेदवारको निर्वाचन प्रचारप्रसार गरेको अवस्थामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवारको प्रचारप्रसारमा संलग्न हुनुभएको हो, होइन ?’

पत्रमा आफू स्थानीय कार्यपालिकाको सदस्य रहँदारहँदै काठमाडौं महानगरपालिकाभित्र दलको प्रचारप्रसारमा संलग्न भएको कार्यले निर्वाचन आचारसंहिताको उल्लंघन हुने हुँदा तपाईंलाई किन निर्वाचन आयोग ऐन, ०७३ को दफा २३ को उपदफा (३) बमोजिमको जरिवाना गर्नु नपर्ने हो ? भनी जवाफ माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077