Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्सेमा १२ अंकको गिरावट, २१ लाख कित्ता सेयर किनबेच

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १२.८१ अंक (०.६९ प्रतिशत) ले गिरावट भएर १८४५.५१ अंकमा बन्द भएको छ ।

बुधबार ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटीभ इन्डेक्स पनि २.६६ अंकले गिरावट भएर ३६२.९६ अंकमा बन्द भएको छ । बुधबार नेप्सेमा होटल तथा पर्यटन र म्युचुअल फण्ड बाहेक सबै उपसूचकमा गिरावट भएको छ ।

बुधबार बजारमा २१ लाख ५१ हजार ७१४ कित्ता सेयर किनबेच हुँदा ६४ करोड ३६ लाख ८ हजारको कारोबार भएको छ ।बुधबार कुल १८३ कम्पनीको सेयर कारोबार हुँदा १५८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २३ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार अभियान लघुवित्तको सेयर मूल्य १० प्रतिशत र सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड २ को इकाइमूल्य ९.९४ प्रतिशतले वृद्धि भएको छ ।

यता पिपुल्स पावरको सेयरमूल्य ७.४७ प्रतिशतले वृद्धि गिरावट हुँदा सामलिङ पावरको सेयर मूल्य ६.१३ प्रतिशत र वीन नेपाल लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077