Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अख्तियारको स्टिङ अप्रेशन : २८ लाख रुपैयाँ घुससहित इन्जिनियर र प्लम्बर रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इन्जिनियर नवराज सत्याल र करारमा कार्यरत प्लम्बर बखतबहादुर थापालाई २८ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

इन्जिनियर सत्याल र प्लम्बर थापालाई मन्थली नगरपालिका-१ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरिएको  अख्तियारले जनाएको छ ।

अख्तियाका अनुसार सत्याल र थापाको साथबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएको  छ ।

रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफइ उपभोक्ता समितिको कामको भुक्तानीवापत उनीहरुले रकम मागेका थिए । खुलेको अख्तियारको भनाइ छ ।

त्यसपछि अख्तियारले  स्टिङ अप्रेशन गरी उनीहरुलाई घुससहित पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077