Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगले प्रधानमन्त्री कार्यालयलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचनको मिति घोषणा भइसकेपछिसमेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077