Online Nepal
  • बुधबार, २४ पुष २०८१
  • रेस्टुरेन्ट र मिठाई पसल पनि फोहोर

    नयाँ बानेश्वरको बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो

    नयाँ बानेश्वरको बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटियो

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 768
    SHARES

    काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेस्टुरेन्ट तथा थकाली खाना घरहरूको भान्छामा स्वच्छता र सफाइको समस्या देखिएको छ । आज काठमाडौं महानगरपालिकाले गरेको अनुगमनका क्रममा स्वच्छता नभएको पाइएको हो ।

    स्वास्थ्य विभागको नेतृत्वमा गएको अनुगमनका क्रममा वडा नं. १० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रा। लि। ले सञ्चालन गरेको थकाली भान्छा, वडा नं. ३१ मा सञ्चालित कोलकत्ता स्वीट्स प्रा. लि., द बर्गर हाउस (सीएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालय र फलफुल पसलको अनुगमन गरिएको थियो ।



    स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीकाअनुसार अनुगमन गरिएका सबैको भान्छामा सरसफाइ र स्वच्छताका दृष्टिले कमजोर छन् । परिकार बनाउने कच्चा पदार्थहरू चामल, दाल, मसलाको उपयोग म्यादका विषयमा सञ्चालकहरूलाई खास चासो देखिएन ।



    भान्छामा काम गर्नेहरूको व्यक्तिगत सफाई कमजोर छ । उनीहरूले एप्रोनको सही प्रयोग गरेका छैनन् । फ्रिजमा राखिने बस्तुको व्यवस्थापन कमजोर छ । खाद्य अनुज्ञा पत्र प्राप्त नभएका, उपभोग्य मिति उल्लेख नभएका वस्तुहरूको प्रयोग देखिन्छ ।

    यसरी उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पुग्ने गरी व्यवसाय सञ्चालन गर्ने होटल तथा मिठाइ पसल सञ्चालकलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन भनिएको छ । निरीक्षण अधिकृत एवं खाद्य पदार्थ गुणस्तर नियमन तथा पशुपंक्षी महाशाखा प्रमुख डा. अवधेश झाले बर्गर हाउसको फ्रिजमा खान नमिल्ने मासु भेटिएको बताए ।

    उनका अनुसार व्यवसायी आफूले मासु उत्पादन नगर्ने र आपूर्तिकर्ताबाट प्राप्त गर्ने भनेपछि आपूर्तिकर्तालाई लिएर ३ दिनभित्र कार्यालयमा उपस्थित आदेश जारी गरिएको फारम दिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार