काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । आयोगले जिल्ला अनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको हो ।
विभिन्न तीन पक्षलाई आधारलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ फरक फरक निर्वाचन क्षेत्रका लागि फरक फरक खर्चको सीमा तोकेको छ ।
खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई साठी प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई बीस प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई बीस प्रतिशत भार मानिएको थियो ।
आयोगका अनुसार काठमाडौंका निर्वाचन क्षेत्रभन्दा दुर्गम जिल्लाका निर्वाचन क्षेत्रमा खर्च बढी गर्न पाइनेछ ।




