Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

५ हजार रुपैयाँ घुससहित कम्प्युटर अपरेटर पक्राउ

वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटरलाई पक्राउ गरेको छ ।

अख्तियारको हेटौडा कार्यालयको टोलीले सोमबार प्रशासन कार्यालयको मुद्दा शाखामा कार्यरत सञ्जयप्रसाद यादवलाई ५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।

सेवाग्राहीसँग लिएको ५ हजार घुस रकमसहित यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

उनले १६ सय जरिवाना तोकेर रोक्का राखिएको जग्गा फुकुवा गराइदिने भनी रकम माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077