Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भावी प्रधानमन्त्रीको रूपमा ओलीसँग देउवाको तुलना हुन सक्दैन् : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले भावी प्रधानमन्त्रीको रूपमा अध्यक्ष केपी शर्मा ओलीसँग कांग्रेस सभापति शेरबहादुर देउवाको तुलना हुन नसक्ने बताएका छन् ।

निर्वाचनलाई केन्द्रित रहेर रफत सञ्चार क्लब भक्तपुरद्वारा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा कुन पार्टीलाई सरकारमा ल्याउने र कस्तो सरकार बनाउने भन्ने तहदेखिको छलफल भइरहेको पाइन्छ ।

हामीले केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका छौँ। तर, गठबन्धनले अबको भावी प्रधानमन्त्रीको भनेर अगाडि बढाउन सकेको छैन । अब शेरबहादुर देउवा नै भावी प्रधानमन्त्री होलान् भनेर मान्छेले अनुमान गर्न थालेका छन् ।’

ओली नेतृत्वको सरकारले प्रत्येक दिन विकास निर्माणको योजना शिलान्यास हुने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077