Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दलको चुनाव चिह्न ‘लौरो’ लाई स्वतन्त्रको बताउने उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले आसन्न चुनावका लागि हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

आयोगले सो दलका उम्मेदवारहरुलाई पत्राचार गर्दै आचारसंहिता उल्लंघनको कसुरमा किन कारबाही नगर्ने ? भन्ने कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो ।

आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले ती उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरि आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेकोले चुनावको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने, आम मतदातासमेतलाई भ्रमित गर्ने गरी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्दा जानाजान निर्वाचन कानुनको उल्लङ्घन भएको जनाएको छ ।

आयोगले स्पष्टीकरण सोधिएकामा काठमाण्डौ ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसूदन पाठक, प्रतिनिधि सभा सदस्यका सिरहा २ का उम्मेदवार शिवशंकर यादव, प्रदेश सभाका सिरहा २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिरहा २ (ख) का उम्मेदवार योगेशकुमार सिंह र काठमाण्डौ २ (क) का प्रदेश सभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना रहेका छन् ।

यस्तै आयोगले सर्लाही २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरवंश बैठा, सुनसरी १ (क) प्रदेश सभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधि सभा सदस्यका रुपन्देही ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगानालाई स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077