Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीएसपी कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार

काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) रुगम कुँवरलाई उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत गर्ने भएको छ ।

६७औँ प्रहरी दिवसको अवसरमा कार्यालयले डीएसपी कुँवर उत्कृष्ट अनुसन्धानकर्ताको रूपमा पुरस्कृत गर्न लागेको हो ।

देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्यासम्पादनलगायतका विषयलाई अध्ययन गरेर डीएसपी कुँवरलाई पुरस्कृत गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उनले भारतीय नागरिकको हत्यामा संलग्न आरोपीलाई अनुसन्धानको दायरामा ल्याएका थिए । यस्तै कुवँरले संखुवासभाको एकै परिवारका ५ जनाको हत्यामा संलग्न आरोपीलाई समेत पत्ता लगाएका थिए ।

उनलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) उत्तम सुवेदीको समितिले उत्कृष्ट अनुसन्धानकर्ता रुपमा पुरस्कृत गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077