Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला, हत्यापछि गाडेको आशंका

    जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला, हत्यापछि गाडेको आशंका

    अनलाइन नेपाल
  • आइतबार, ३० असोज २०७९
  • 1.9K
    SHARES

    दाङ । दाङको जंगलमा गाडिएको अवस्थामा किशोर-किशोरीको शव फेला परेको छ ।

    तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँको जंगलमा स्थानीय १५ वर्षीया रोशनी महतरा क्षेत्री र दंगीशरण गाउँपालिका वडा नम्बर ६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव गाडेको अवस्थामा आइतबार दिउँसो फेला परेको हो ।



    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक पुष्पराज मल्लका अनुसार शव सुन्निएको अवस्थामा रहेकाले शरिरको कुनै/कुनै भागमा मात्रै चोट लागेको जस्तो देखिएको बताए । मृतक आचार्य र महतरा असोज २८ गतेदेखि सम्पर्क विहीन थिए ।



    असोज २९ गते परिवारले उनीहरु हराएको भनी प्रहरीमा खबर गरेका थिए । जंगलमा बस्तु चराउन गएका स्थानीयले गन्ध आएपछि नियालेर हेर्दा खाडलमा गाडेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनास्थल तुलसीपुर बजारदेखि झन्डै १३ मिटर दक्षिणमा र प्रहरी चौकी कौवापुरको केही पूर्वतर्फ पर्नेगर्छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार