Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अमेरिकाले युक्रेनलाई ७२५ मिलियन डलरको सैन्य सहायता दिने

एजेन्सी । अमेरिकाले युक्रेनलाई थप ७२५ मिलियन डलर बराबरको हतियार र सैन्य सहायताको प्याकेज पठाउने घोषणा गरेको छ ।

युरोपेली देशहरूले युक्रेनलाई सहायता बढाएपछि रुसले प्रतिक्रिया स्वरूप युक्रेनको राजधानी किभमा मिसाइल हमला गरेपछि प्रतिक्रियामा अमेरिकाले सैन्य सहायता बढाउन लागेको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले शुक्रबार एक विज्ञप्तिमा युक्रेनका नागरिकमाथि रसियाले गरेको क्रूर क्षेप्यास्त्र आक्रमण र रुसी सेनाले गरेको अत्याचार बढिरहेको सन्दर्भमा सैनिक सहायता बढाउन लागिएको उल्लेख गरेका छन् ।

उनले रुसलाई पछाडि धकेल्ने काममा युक्रेनसँग अमेरिका एकताबद्ध हुँदै साथ दिने एक ट्वीट सन्देशमा उल्लेख गरेका छन् । अमेरिकाले गरेको नयाँ सैन्य प्याकेजमा उच्च क्षमताका क्षेप्यास्त्रहरू रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077