Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसको घोषणापत्र संसोधनसहित कार्यसम्पादन समितिबाट पारित

काठमाडौं । नेपाली कांग्रेसले चुनावका लागि तयार पारेको घोषणापत्र केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरेको छ। आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको हो।

पार्टी कार्यालय सानेपामा बसेको बैठकले घोषणापत्र संशोधनसहित पारित गरेको घोषणापत्र लेखन समितिका प्रवक्ता जीवन परियार बताए ।

आजको बैठकमा घोषणापत्र लेखन समितिका संयोजकसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा पेस गरेका थिए।

शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिती बनेको थियो। निरन्तरतामा नविनता दिने गरी घोषणापत्र तयार पारिएको प्रवक्ता परियारले बताए।

अर्थशास्त्री स्वर्णीम वाग्ले र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेललगायतका विज्ञहरूले तयार पारेको घोषणापत्रमा 'आर्थिक विकास र समुन्नत नेपालको मार्गचित्र' समेटिएको कांग्रेसले जनाएको छ ।

घोषणापत्रको पहिलो खण्डमा राजनीतिक मुद्दाबारे धारणा रहेको छ । त्यस्तै दोस्रो खण्डमा ५ वर्षको मार्गचित्र 'समुन्नत नेपाल' कसरी बनाउने भन्ने एजेन्डा समावेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077