Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • बागीलाई कांग्रेसको अफर : असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय गरे कारबाही फिर्ता

    बागीलाई कांग्रेसको अफर : असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय गरे कारबाही फिर्ता

    अनलाइन नेपाल
  • बिहिबार, २७ असोज २०७९
  • 735
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।

    कांगेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई ३१ असोजसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको हो ।



    बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने



    प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार

    तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याइ फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।’

    कांग्रेसले बुधबार विज्ञप्ति जारी गरी सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवार बन्नेलाई पार्टीबाट ५ वर्षका लागि निष्कासन गरेको बताएको थियो ।

    यसअघि कांग्रेसले गठबन्धनका आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने र उनीहरूका प्रस्तावक र समर्थकलाई कारबाही गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार