Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्षविरुद्ध जाहेरी

बारा । नाबालिग बलात्कार आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षविरुद्ध जाहेरी परेको छ ।

अध्यक्ष राजु भनिने राजन श्रेष्ठविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय निजगढमा उजुरी परेको हो।

श्रेष्ठले १५ वर्षकी नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा आफूमाथि जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी हुन् ।

पक्राउ पुर्जी जारी भएलगत्तै उनलाई नियन्त्रणमा लिने प्रहरीले जनाएको छ। गत वैशाखमा भएको स्थानिय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077