Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी

    बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने कांग्रेसको चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, २५ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

    मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको समयभित्र उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।



    बागी वा स्वतन्त्र उम्मेदवारी दिने पार्टी नेता तथा कार्यकर्तालाई बुधवार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।



    आयोगको निर्धारित समयभित्र उम्मेदवारी फिर्ता नलिए बागी उम्मेदवार र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासित गर्ने कांग्रेसले जनाएको छ ।

    विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (असोज २६ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्न हुन निर्णयानुसार निर्देशन गरिएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार