रुकुम । रुकुम पश्चिम ‘ख’का नेपाली कांग्रेसका उम्मेदवार प्रेम प्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ ।
सरकारवादी फौजदारी बैंकिङ कसुरमा उच्च अदालत सुर्खेतबाट दोषी ठहर भै सजाय पाएका ओली विरुद्ध उम्मेदवार हुन अयोग्य भएको भन्दै सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उजुरी परेको थियो ।
माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र नं. २ का उम्मेदवार राजकुमार शर्माको तर्फबाट दावी विरोधको उजुरी परेको थियो ।
कांग्रेस नेता ओलीमाथि बैंकिङ कसुर मुद्दामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको तर ओलीले भुक्तान नगरेकाले अयोग्य रहेको उजुरीमा उल्लेख थियो ।
उजुरीमाथि छानबिनपछि आयोगले उम्मेदवारी खारेज गरेको हो । गठबन्धनको भागवण्डा अनुसार सो क्षेत्रमा कांग्रेस÷माओवादी भनेर नै उल्लेख गरेको थियो । यद्यपि माओवादीले आफ्नो उम्मेदवार उठाउँदा कांग्रेसले पनि ओलीलाई उम्मेदवार बनाएको थियो ।
Leave a Reply