Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गोकर्ण विष्ट र रामकुमारी झाँक्रीद्वारा गुल्मी–२ मा उम्मेदवारी दर्ता

गुल्मी । गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विष्ट र झाँक्रीले उम्मेदवारी दर्ता गराएका हुन् ।

२०५६ को चुनावदेखि गुल्मी-२ बाट एमालेको उम्मेदवार बन्दै आएका विष्टले २०६४ को संविधान सभा चुनावबाहेक तीन वटै चुनाव जितेका थिए ।

झाँक्री भने पहिलो पटक चुनावी मैदान छिन् । यस्तै एमालेबाट प्रदेश सभाका लागि गुल्मी-२ (क) बाट डिल्लीराज भुसाल र (ख) बाट दिनेश पन्थीले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077