Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उम्मेदवारी दर्तापछि शशांक कोइरालाले भने - कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार म हुँ

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमहामन्त्री डा. शशांक कोइरालाले आफूलाई भावी प्रधानमन्त्रीको उम्मेदवार भएको घोषणा गरेका छन् ।

नवलपुर १ मा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै कोइरालाले आफू यस पटकको निर्वाचनमा विजय भएपछि प्रधानमन्त्री बन्ने बताएका हुन् ।

उनले भने,‘यो चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडी बढ्ने छु । पार्टी भित्रपनि मैले सोही अनुसार कुराकानी गरेको छु ।’

कोईराला नवलपुर-१ बाट तीनपटक निर्वाचित भइसकेका छन् भने अहिले चौथो पटक चुनावी मैदानमा छन् । कोइरालाले अब यो आफ्नो लागि अन्तिम चुनाव रहेको भन्दै कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवार आफू हुने बताए ।

पार्टीले निर्णय गर्ने विषय भए पनि आफू योपटक प्रधानमन्त्रीका लागि उम्मेदवार बनेको बताए । कोइरालासँग एमालेबाट संविधानसभा सदस्य कृष्ण पौडेलले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077