Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देही-१ मा घनश्याम भुसालद्धारा स्वतन्त्र उम्मेदवारी घोषणा, गठबन्धनको समर्थन

काठमाडौं । नेकपा एमाले परित्याग गरेका नेता घनश्याम भुसालले प्रतिनिधि सभा निर्वाचनको लागि रुपन्देही निर्वाचन क्षेत्र नं। १ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

गठबन्धनका दलको समर्थनमा उनले उम्मेदवारी दिन लागेका हुन् । आईतबार विहान आफ्नै निवास रुपन्देहीको तिलोत्तमामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् ।

गठबन्धन दलबाट माओवादी केन्द्रको भागमा परेको रुपन्देही १ मा नेता भुसाललाई समर्थन गर्न माओवादी अध्यक्ष प्रचण्ड तयार भएपछि उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरको भुसालले बताए ।

स्वतन्त्र उम्मेदवारी दिएको भएपनि गठबन्धनका दलले उनलाई सहयोग गर्ने सहमति भएको नेता भुसालले बताए । तत्कालका लागि स्वतन्त्र नै भएर निर्वाचनमा लाग्ने बताउँदै नेता भुसालले आफू बाम एकताको प्रयासमा लागि रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077