काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछाने प्रतिनिधिसभामा उम्मेदवारी दर्ताका लागि चितवन पुगेका छन् ।
काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा क्षेत्र नम्बर २ रोजेका हुन् ।
चितवनमा शुभेच्छुकसँगको परामर्शपछि दिउँसो २ देखि ३ बजेभित्र लामिछानेले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय भएको छ ।
रविले सुरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग चुनाव लड्ने भन्दै प्रचार गरेका थिए । प्रचण्ड चितवन छोडेर गोरखा २ मा लड्ने भएका छन् ।
Leave a Reply