Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

यी हुन् काठमाडौंमा कांग्रेसका ६ उम्मेदवार, ४ मा गगन थापा

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यका लागि काठमाडौंका उम्मेदवार तय गरेको छ । शनिबार बसेको संसदीय समिति (बोर्ड) को बैठकबाट उमेदवारको टुंगो लगाइएको हो ।

सत्ता गठबन्धनभित्र भागबन्डा गरिँदा कांग्रेसका भागमा काठमाडौंका १० मध्ये ६ क्षेत्र परेको छ । ती सबै क्षेत्रमा उमेदवारको टुंगो लागेको हो ।

जसमा महामन्त्री गगन थापादेखि केन्द्रीय सदस्य प्रदीप पौडेलसम्म समेटिएका छन्। काठमाडौं–१ मा प्रकाशमान सिंह, काठमाडौं–३ मा सन्तोष चालिसे, काठमाडौं–४ मा गगन थापाले टिकट पाएका छन् ।

काठमाडौं–५ मा प्रदीप पौडेल, काठमाडौं–६ मा भीमसेनदास प्रधान र काठमाडौं–१० मा राजेन्द्र केसीले टिकट पाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अझै जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077