Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • पूर्वी नवलपरासीमा १४४ घर डुबानमा

    पूर्वी नवलपरासीमा १४४ घर डुबानमा

    अनलाइन नेपाल
  • शनिबार, २२ असोज २०७९
  • 879
    SHARES

    फाइल तस्विर

    कावासोती । अविरल वर्षापछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका शुक्रबार १४४ घर डुबानमा परेका छन्।

    बुधबार रातिदेखि परेको अविरल वर्षापछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त संख्यामा घर डुबानमा परेका पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकले बताए।



    उनका अनुसार बाढीका कारण गैंडाकोटमा ८०, मध्यविन्दुमा २०, विनयी त्रिवेणीमा २८ र हुप्सेकोटमा १६ घर गरेर १ सय ४४ घर डुबानमा परेका हुन्।



    त्यसैगरी लगातार वर्षाले गर्दा जिल्ला सदरमुकामबाट पहाडी क्षेत्रका स्थानीय तह बौदीकाली र बुलिङ्गटार जोडने दलदले–कुमसोत–पोखरी सडकको पाङ्ग्रेमा पहिरो जाँदा अवरुद्ध भएको सडक चालू हुन सकेको छैन भने जिल्लाको गैंडाकोटबाट पहाडी क्षेत्र जोडने कालीगण्डकी करिडोरमा गएको पहिरोसमेत पन्छाउन नसक्दा कालीगण्डकी करिडोरसमेत अवरुद्ध भएको प्रवक्ता पाठकले बताए।

    पहाडीक्षेत्र जोड्ने मुख्य सडकहरु पहिरोले अवरुद्ध हुँदा त्यहाँ पछिल्लो ७२ घण्टादेखि सडक सम्पर्कबाट विच्छेद भएको छ। सडक सम्पर्क विच्छेद भएपछि दशैं मान्न घर गएकाहरु फर्किन पाएका छैनन् भने बिरामी भएर सदरमुकाम र चितवनसम्म पुग्नुपर्ने बिरामीहरु समस्यामा परेका छन्।

    पहाडी क्षेत्रलाई जोड्ने सडक अवरुद्ध भएपछि सो क्षेत्रका बासिन्दा सदरमुकाम आउनु परे तनहुँको भिमान–खैरेनीटार–मुग्लिन–नारायणगढ हुँदै कावासोती पुग्नुपर्ने बाध्यता भएको छ।

    लगातार परेको वर्षापछि खसेको पहिरोका कारण जिल्लाको बौदिकाली र बुलिङ्गटारमा दुईवटा घर र बुलिङ्गटारमा एउटा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ। त्यस्तै जिल्लाकै विनयी त्रिवेणी–१ बगुवनमा नारायणीमा आएको बाढी पस्दा दुईसय हेक्टर बढी पाक्न लागेको धानबालीमा पूर्णरुपमा क्षति पुगेको छ।

    नारायणी नदीमा यसवर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदीतटीय क्षेत्रको जनजीवन पूर्णरुपमा प्रभावित बनेको छ। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार