Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घनश्याम भुसालले पनि एमालेको टिकट नपाउने

काठमाडौं । तत्कालीन अवस्थामा एमालेमा देखिएको विवादका क्रममा माधवकुमार नेपाल समूहमा लागेका नेता भीम रावलपछि घनश्याम भुसालले पनि संसदको टिकट नपाउने भएका छन् ।

एमालेले राप्रपासँग चुनावी तालमेल गर्ने पक्का भएपछि रुपन्देही क्षेत्र नम्बर ३ मा घनश्याम भुसालको पनि टिकट खोसिने भएको हो ।

नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्टाएर बाँकी क्षेत्रमा एमालेले उम्मेदवार छनोट गरेको हो ।

एमालेले लुम्बिनी प्रदेशका प्रभावशाली नेता तथा पूर्व उपमहासचिव घनश्याम भुसाललाई भने टिकट दिएको छैन् । भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077