Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेसँग गठबन्धन टुंग्याउन राप्रपाका शीर्ष नेताहरू बालकोटमा

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

एमालेसँग गठबन्धन टुंग्याउन लिङ्देन शीर्ष नेताहरुसहित ओली निवास बालकोट पुगेका हुन् ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, निर्देशक समितिका प्रमुख डा प्रकाशचन्द्र लोहनीसहितका नेताहरु बालकोट गएका छन् ।

एमालेसँग सिट बाँडफाँट टुंग्याएर आफ्नो उम्मेदवारीलाई अन्तिम रुप दिइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

अहिले दुई पार्टीका अध्यक्षसहित नेताहरूबीच आसन्न चुनावमा एमाले-राप्रपा तालमेलबारे छलफल भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077