Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक दिनमै बिजुलीको बिल ६० लाख आएपछि...

एजेन्सी । बेलायतमा एकजना महिलाको घरमा एक दिनमै करिब ६० लाख रुपैयाँ बराबरको बिजुलीको बिल आएको छ । यो घटना बेलायतको वेस्ट ससेक्समा भएको हो । घरमा एकदिनमै करिब ६० लाखको बिजुलीको बिल आएर झण्डै बेहोस भएकी महिलाको नाम माइल्स प्रायर हो ।

उनको घरमा वर्षौंदेखि जडान भएको बिजुलीको मिटरमा सधैं सामान्य बिल आउने गरेको थियो । उनको घरमा दैनिक रुपमा प्रयोगमा आउने उपकरणहरू मात्र छन् जसले खासै धेरै बिजुली खपत गर्दैनन् । यसअघि उनको दैनिक बिजुलीको बिल करिब तीन सयको हाराहारीमा आउने गर्दथ्यो ।

तर एकदिन अनौठै भयो । उनले जब बिजुलीको मिटरमा हेरिन् तब उनी हैरान भइन् । किनकि उनको एकदिनको बिजुलीको बिल करिब ६०लाख रुपैयाँ आएको थियो । उनको होसहवास उड्यो । उनले अनलाइनमा पनि बिल जाँच गरिन्, त्यहाँ पनि त्यहीँ नै देखियो । त्यसपछि उनले विद्युत आपूर्ति गर्ने कम्पनीसँग सम्पर्क गरिन् ।

बिद्युत वितरक कम्पनी ओभो इनर्जीले उक्त घटनाको छानबिन गर्दा बिजुली मिटरमा प्राविधिक गडबडी भएको पत्ता लाग्यो र तत्कालै उनको बिजुली मिटर मर्मत गरिदियो । बिजुली कम्पनीले मिटरको गडबडीले यस्तो अस्वभाविक बिल आएको भए रिपोर्ट गर्न सबै उपभोक्तालाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077