Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एमाले र राप्रपाका शीर्ष नेताहरुको बैठक बस्दै, सिट बाँडफाटबारे छलफल हुने

    एमाले र राप्रपाका शीर्ष नेताहरुको बैठक बस्दै, सिट बाँडफाटबारे छलफल हुने

    अनलाइन नेपाल
  • शुक्रबार, २१ असोज २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेलबारे छलफल गर्न बैठक बस्ने भएको छ । चुनावी तालमेलका बारे्मा छलफल गर्न आज शुक्रबार दुई दलका शीर्ष नेताबीच बालकोटमा १ बजे बैठक बस्न लागेको हो ।

    छलफलका लागि अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे वार्ताको समय मिलाएको र आफूहरू ओली निवास बालकोट जाने तयारीमा रहेको राप्रपा नेताहरुले बताएका छन् ।



    एमालेले आजै जसपासँग पनि चुनावी तालमेलको लिखित सहमति गर्दैछ । एमालेले जसपा र राप्रपासँग चुनावी तालमेल गर्ने पक्का छ । त्यसका लागि दुवै दलसँग आज सहमति गर्ने तयारी छ ।



    आगामी मंसीर ४ लागि हुने आम निर्वाचनको उम्मेदवारी दर्ता गर्न २ दिन बाँकी रहँदा नेकपा एमालेले सत्तारुढ जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसँग औपचारिक वार्तालाई तीव्रता दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार