Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपालाई २५ सिट दिन एमाले तयार, सहमतिमा हस्ताक्षरको तयारी

काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच निर्वाचन क्षेत्र बाँडफाँटका लागि सहमतिको अन्तिम तयारी भएको छ ।

बिहीबार राति एमालेका नेता रघुविर महासेठको घरमा दुई पार्टीका शीर्ष नेताहरुबीच वार्ता भएको थियो ।

जसपालाई मधेस प्रदेशमा १६ सहित २५ ठाउँमा सिट दिने अनौपचारिक सहमति भएको स्रोतले बतायो । तर यस विषयमा शीर्ष तहमा फेरि छलफल गरेर टुंगोमा पुग्ने तयारी भइरहेको बताइएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच फेरि छलफल गरेर सहमतिमा हस्ताक्षर हुनेछ ।

गठबन्धनमा सिट बाँडफाँडको छलफल चलिरहेका बेला जसपा अध्यक्ष यादवले एमालेसँग पनि चुनावी तालमेल गर्ने कुराकानी अघि बढाएका थिए । एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जसपासँग आजै सहमति हुने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077