Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

डोटी । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना वृद्धलाई पक्राउ गरेको छ ।

२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा जोरायल गाउँपालिका-२ डाँडाखाली बस्ने ७७ वर्षीय श्रीधर भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

श्रीधरले ती महिलालाई ललाई फकाई घर नजिकैको सामुदायिक वनमा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बुडरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077